काठमाडौं । जन्मदर्ता नहुँदा सडक बालबालिकाले अहिले पनि स्वास्थ्य शिक्षासहित राज्यबाट पाउने कुनै पनि सेवा पाउन सकेका छैनन् । बालबालिको क्षेत्रमा काम गर्ने संस्था ‘साथसाथ’ ले आज आयोजना गरेको ‘बालिकाको जन्मदर्तासम्बन्धी पैरवीपत्र प्रकाशन’ सार्वजनिक कार्यक्रममा तीन पुस्तासम्म कानुनी पहिचान नभएका बालबालिकाले जन्मदर्ता बनाउन नसक्दा राज्यबाट पाउने कुनै पनि सुविधा नपाएका जनाइएको हो । कार्यक्रममा जन्मदर्ता…