काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले उपत्यकाका आपराधिक गतिविधिमा आक्रामक कारबाही थाल्ने बताएका छन् । शुक्रबार पदभार ग्रहण गरेका बस्नेतले उपत्यकाका तीन जिल्लामा हुने गरेका आपराधिक गतिविधि नियन्त्रणमा आफू नेतृत्वको कार्यालयले आक्रामक कारबाही थालिसकेको बताए । यसक्रममा प्रहरीले शनिबार राति ललितपुरबाट २४ जना अनलाइन जुवा खेलाउने समूहलाई पक्राउ गरेको…