काठमाडौं । २५ करोडसहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा यसअघि सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लैजाँदैगर्दा उनलाई गएराति पक्राउ गरेको हो । पक्राउ परेको…