काठमाडौं । देशभर आज माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । थारू समुदायले माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षका रुपमा मनाउँदै छन् । तराईवासीले नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ ।…