सुनसरी । गएरातिको हावाहुरी र असिनापानीले मधेश र कोशी प्रदेशका तराई क्षेत्रको कृषिबालीमा क्षति पुर्याएको छ । हावाहुरी र असिनापानीले मधेश प्रदेशको बारा, रौतहटलगायत जिल्ला र कोशीका सुनसरी, मोरङलगायतका जिल्लामा मकै र आँपखेतीमा ठूलो क्षति पुर्याएको हो । विभिन्न क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुगेकाे कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी…