महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा शोभायात्रा सम्पन्न

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालेको छ । पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट शुरू भएको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका हुन् । शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चावहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन…