तनहुँ । महाशिवरात्रि पर्वका अवसरमा आज तनहुँका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर, शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्वयनधाम, आँबुखैरेनीस्थित शिवालय मन्दिरलगायत शिवालयमा भक्तजनको घुइँचो लागेको हो । मुक्तिनाथ च्वयनधामस्थित शुक्लेश्वर महादेवको मन्दिरमा पूजाआरधना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वासका साथ भक्तजन दर्शका लागि आउने मन्दिर व्यवस्थापन समितिका…