काभ्रे । सरकारले काभ्रेको महाभारत जंगलमा लागेको डढेलो निभाउका लागि हेलिकोप्टर परिचालन गरेको छ । गएको मंगलवार दिउँसोदेखि शुरू भएको आगो निभाउन गरेका प्रयासहरू असफल भएपछि आजदेखि हेलिकोप्टरबाट पानी खन्याउने काम भइरहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए । बेथानचोकको वडा नम्बर २ मा पर्ने गुवाभञ्ज्याङमा रहेको पार्कमा बनाइएको पाखेरीबाट पानी लगेर हेलिकोप्टरले आगलागी…