काठमाडौं । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल निर्वाचित भएकी छन्। २०८१ माघ १७ गते गैडाकोटमा सम्पन्न समाजको २७औं राष्ट्रिय परिषद् बैठकका दौरान सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा वरिष्ठ उपसभापतिमा राजेन्द्र पौडेल, उपसभापतिमा अधिवक्ता लक्ष्मीनारायण मिश्र, उपसभापति (महिला)मा अधिवक्ता धन थापा, महासचिवमा प्रकाश शाही र कोषाध्यक्षमा चन्द्रमणी बन्जारा निर्वाचित भएका छन्।…