काठमाडौं । विगत केही दिनदेखि निरन्तर घटिरहेको काठमाडौँ उपत्यकाको तापक्रममा सोमबार उल्लेख्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार न्यूनतम तापक्रम झन्डै २ डिग्री सेल्सियसले बढेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस देखिएको छ । आइतबार सोही…