काठमाडौं । गएकाे भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा काठमाण्डौमा ज्यान गुमाएकामध्ये सात जनाको अझै पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंमा ४९ जनाको मृत्यु दर्ता भएकोमा उनीहरूमध्ये सात जनाको पहिचान नखुलेको परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार ती शवहरू पूर्णरूपमा डढेर चिन्न नसक्ने भएका…