महोत्तरी । रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो । पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ । युद्दकालिन उक्त समयमा दुर्गाकुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीविच भिडन्त भएको र मानिसहरु मरिरहेको सुनिन । समाचार सकिसकेपछी…