प्यूठानमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते

प्यूठान । प्यूठानमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । प्यूठानको बाग्दुलाबाट भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको माइक्रो बस सरुमारानी गाउँपालिकाको बड्डाडानजिकै दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् । घाइतेहरूको भालुबाङमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ । दुर्घटनाको कारण भने खुल्न सकेककाे छैन ।