मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् । भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बताउँदै अझै भाषाहरू थपिँदै जाने बताए । …