काठमाडौं । नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ । भारतबाट खैरो हिरोइन ल्याएर काठमाडौंलाई केन्द्र बनाई बिक्री गर्ने दुई भारतीय नागरिकसहित चार जनालाई लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरसहितको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । सप्तरीकाे राजविराजका रविआनन्द देव, माेरङका पुष्प मगर तथा…