रुकुम पश्चिम । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जना र बाहिर रहेका १ जना गरि २४ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मंगलबार रुकुम जिल्ला अदालतले हत्यामा संलग्न रहेका २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको छ । रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले…