लालझाडी घटना : प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

काठमाडौं । कञ्चनपुर लालझाडी गाउँपालिका–३ का  राजकुमार रानाको मृत्यु प्रकरणमा एक प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ परेका छन् ।  पाँच महिनाअघि कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा रानाको शव फेला परेको थियो । उनको हत्या गरेको आरोपमा प्रहरी सहायक हवल्दारसमेत रहेका कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई प्रहरी पक्राउ गरेको हो । आफन्तको जाहेरीका आधारमा…