डेरामा बस्नेको सहजताका लागि घट्टेकुलो चोकमा सामूहिक दुर्गा पूजा

काठमाडौं । काठमाडौं महानगरपालिका–२९ स्थित घट्टेकुलो चोकमा डेरामा बस्नेको सहजताका लागि दुर्गा स्थापना गरेर घटस्थापनासहित सामूहिक पूजा आराधना भइरहेको छ । जय जनता ट्रेनिङ वेलफेयर काउन्सिलले गत वर्षदेखि घट्टेकुलो चोकमा दुर्गाको अस्थायी मूर्ति स्थापना गरेर पूजा, आराधना गर्न थालेको हो । काउन्सिलका अध्यक्ष सुनिलराज भण्डारीले विभिन्न जिल्लाबाट काठमाडौँ आएर डेरामा बस्नेलाई दुर्गा देवीको पूजा आराधनाका…