कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा मंगलबारदेखि हटाएको छ । निषेधाज्ञा हटाएसँगै जिल्लामा यातायात, बजार–व्यवसाय, स्कुल पूर्ववत् अवस्थामा सञ्चालनमा आएपछि जनजीवन सामान्य बनेको छ । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सरकारी कतिपय कार्यालयबाट सेवाग्राहीलाई पूर्ववत् अवस्थामा सेवा प्रवाह हुन थालेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रालय र मातहतका कार्यालय अझै सञ्चालनमा…