काठमाडौं । मुगलिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा केही दिनयता पृथ्वी राजमार्गअन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भएको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले जारी गरेको विज्ञप्तिमा राजमार्गमा रहेका सबै पेट्रोल पम्पहरूमा इन्धन आपूर्ति सहज रहेको र पेट्रोलियम पदार्थको अभाव नरहेको उल्लेख छ । निगमले उपभोक्ताहरूलाई अनावश्यक त्रास नलिन आग्रह गर्दै…