आश्रममा रहेका बाबुकाे गुनासो : छोराछोरी कसैले सम्झेनन्

चितवन । भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो । कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस् फोनको आसमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उनी निकै निराश भएका थिए । बाटो हेर्दै गरेका श्रेष्ठलाई न छोरा छोरीको फोन आयो न त कुनै सन्देश नै । उनले भने,…