इटहरी । इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बच्चासहित स्कुटीमा सवार पहिचान नखुलेकी ती महिलाको घटनास्थलमै मृत्यु भएको हो । महिलासँगै स्कुटीमा सवार बालिका भने घाइते भएकी छिन् । ती बालिका मृतक महिलाको छोरी रहेको प्रहरीको अनुमान छ । यता, दुर्घटनाको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।…