काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि सुरु गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ । कामपाको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकै आइसकेको अवस्था…