काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो । सदनले ५ रोपनी १२ आना जग्गामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्राहालय, पुस्तकालयसहितका संरचना बनाएको छ । यसअघि महानगरपालिकाले सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।…