रौतहटको देवाही गोनाहीमा वृद्धको हत्या

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ स्थित करुनिया गाउँमा बिहीबार एक वृद्धको हत्या भएको छ । प्रहरीका अनुसार हत्या हुनेमा ७० वर्षीय शेख तैयव रहेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले तैयवको हत्याबारे केही खुल्न नसकेको बताए । 'गोली प्रहार हो वा अन्य कारणले भन्ने पोस्टमार्टमको प्रतिवेदन पछि मात्रै थाहा हुन्छ', उनले भने,…