जागिरबाट हटाइएका कर्मचारी सम्मानित 

खोटाङ । २०४८ सालमा खोटाङमा भएको कर्मचारी आन्दोलनमा सहभागी हुँदा नोकरीबाट हटाइएका चार कर्मचारी सम्मानित भएका छन् । १५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनले दिक्तेलमा सरकारविरुद्ध निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी भएवापत नोकरीबाट बर्खास्तीमा परेका नासु रामकाजी खत्री, चन्द्रप्रसाद आचार्य, रामबिक्रम थापा र चित्रकुमार बजिमय सम्मानित भएका हुन् । ऐतिहासिक कर्मचारी आन्दोलनमा सामेल भएर…