किर्ते कागजातका आधारमा नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ

पाँचथर । किर्ते कागजात पेस गरी नागरिकता बनाउन खोजेको अभियोगमा पाँचथर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडा घर भएका ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत आसम निवासी उनका २२ वर्षीय भतिजा सुमित आङदेम्बे छन् । गंगाप्रसाद र सुमितले यसअघि पनि पटक-पटक नागरिकता बनाउने प्रयास गरेकोमा पछिल्लो पटक जेठ ३०…