काठमाडौं । काठमाडौंबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खसेको छ । मध्य पहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न भएको दुर्घटनामा गाडीका ड्राइभर झ्यालबाट हाम फालेर बच्न सफल भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए । बा १ झ ७४६७ नम्बरको जीपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी,…