काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई दोस्रो पटक अदालतमा उपस्थित गराइएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो । प्रहरीले म्याद थप गर्ने प्रयोजनका लागि अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा…