प्रहरी वृत्त बौद्धबाट लुटिएको पेस्तोलसहित गोकर्णेश्वरबाट लामा पक्राउ

काठमाडौँ । जेन जेड आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धबाट लुटिएको एक थान पेस्तोलसहित कुमार पाख्रिन लामा पक्राउ परेका छन् । सिन्धुली कमलाई नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्ने ३५ वर्षीय लामा भन्ने पाख्रिनलाई प्रहरी वृत्त बौद्ध प्रहरी टोलीले शनिवार पक्राउ गरेको हो । प्रहरीका अनुसार अहिले पाख्रिनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ…