काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र संयमपूर्वक समस्याको समाधान खोज्न अपिल गरेका छन् । गएराति प्रेस नोट निकालेर उहाँले निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।