माइतीघरबाट बानेश्वरतिर अघि बढे जेन जी प्रदर्शनकारी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रेका जेन जी प्रदर्शनकारी नयाँ बानेश्वरतिर अघि बढेका छन् । बिहान ९ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन थालेका उनीहरू नयाँ बानेश्वरतिर अघि बढेका हुन् । एक प्रदर्शनकारीले बानेश्वरको एभरेस्ट होटलसम्म पुग्ने बताए । त्यहाँ पुगेर सभा गरी आजका लागि प्रदर्शन स्थगित गर्ने कार्यक्रम रहेको बताइएको…