प्रदर्शनमा हिंसा मच्चाउनेहरू सबै आपराधिक पृष्ठभूमिका

काठमाडौं । गत भदौ २४ गते संघीय राजधानीसहित देशभर भएको प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् । आन्दोलनमा सहभागीमाथि धरपकड नगर्न गृह मन्त्रालयले दिएको निर्देशनपछि सुस्ताएको प्रहरी कारबाही गौरीबहादुर कार्की आयोगको स्पष्टीकरणसँगै पुनः सक्रिय हुन थालेकाे छ । आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी कसुरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु…