प्रेम आचार्यको आत्मदाहबारे छानबिन गर्न गृहका सचिवको नेतृत्वमा समिति गठन

काठमाडौं । नयाँबानेश्वरस्थित सडकमा मंगलबार आत्मदाह प्रयास गरी उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।  आज गठन गरिएको समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा…