काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं महानगरपालिकासँगको समन्वयमा नदी तथा खोला किनारालगायत विभिन्न ठाउँका सुकुम्वासी बस्ती हटाउने तयारी थालेको छ । वास्तविक सुकुम्वासी पहिचान गरी हटाउने तयारी थालिएको हो । समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार वास्तविक सुकुम्वासी पहिचान गर्न अध्ययन भइरहेको छ । समितिले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कबाट काठमाडौंका २०…