राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ पुगे प्रधानमन्त्री भेट्न बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका अध्यक्ष ठाकुर र प्रधानमन्त्री प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । भावी राष्ट्रपतिले राजनीति गर्माएका बेला राष्ट्रपतिको प्रस्ताव लिएर अध्यक्ष ठाकुर बालुवाटार पुगेका हुन् ।  मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव…