सबै समुदायको साहित्य, कला, दर्शन र संस्कृतिको सन्तुलित विकासः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘वीपी कोइरालाई राष्ट्रिय पुरस्कार-२०७८’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको विभिन्न क्षेत्रमा योगदान पुर्याउने साधक एवं स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्ने विश्वास दिलाए । प्रधानमन्त्री देउवाले जननायक वीपी कोइरालाले मुलुकको…