काठमाडौं । काठमाडौँको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ । बिहीबार साँझ हनुमान स्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ३२ वर्षीया आस्थालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु…