धनगढी। कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोरको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा धनगढीका १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन्। गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा दिउँसो करिब २ बजे साथीसहित नुहाउने क्रममा उनीहरू डुबेका थिए।…