काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि रोकिएको छ। यातायात व्यवस्था विभागले आइतबार जारी गरेको सूचनामा उल्लेख छ कि अर्को सूचना जारी नभएसम्म सवारी चालक अनुमतिपत्र छपाइ, वितरण र सम्बन्धित सूचना प्रविधि प्रणाली बन्द रहनेछ। विभागले भनेको छ यसको कारण विभागको संरचनामा भएको तोडफोड, आगजानी, चोरी तथा लुटपाटले इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन…