काठमाडौं । संसद्को प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सन्जाल बन्द गर्ने सरकारी निर्णयलाई ‘घोर आपत्तिजनक’ कदम भनेका छन् । शुक्रबार सामाजिक सन्जालमा आफ्ना धारणा राख्दै प्रचण्डले सरकारविरुद्ध गरिएको आलोचना दबाउन सरकारले सामाजिक सन्जाल बन्द गराएको आरोपसमेत लगाएका छन् । ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर…