काठमाडौं । नेकपा (एमाले) की सांसद तथा पूर्व मन्त्री विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारको मातहतमा नराखी संसद् अन्तर्गत राखिनु उपयुक्त हुने बताएकी छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मिडिया काउन्सिल विधेयकबारेको छलफलमा बोल्दै उनले सरकार मातहत मिडिया राख्दा त्यसमा अनावश्यक हस्तक्षेपको सम्भावना बढ्ने चिन्ता व्यक्त गरिन्। उनले नागरिकको सूचना प्राप्त गर्ने संवैधानिक…