मिडिया र सामाजिक सञ्जाल विधेयकमा संशोधनका लागि प्रेस सेन्टरको पुनः ध्यानाकर्षण

काठमाडौँ । प्रेस सेन्टर नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा विचाराधीन मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयकका प्रावधान प्रेस स्वतन्त्रताको मान्यताविपरीत रहेको भन्दै तत्काल संशोधन र पुनर्लेखनको माग गरेको छ। शनिबार सम्पन्न संगठनको बैठकले प्रदेश एकमा प्रस्तुत आमसञ्चार विधेयकप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैठकले प्रतिनिधिसभामा रहेको मिडिया काउन्सिल विधेयकका प्रावधान प्रेस स्वतन्त्रता र संविधानको…