सहकारी पीडितहरूले आज काठमाडौंका ५ स्थानबाट प्रदर्शन गर्ने

काठमाडौं । देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरूको सम्बोधन नभएको भन्दै पीडितहरूले काठमाडौँका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन् । पीडितहरूले आजको प्रदर्शनका…