काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । शनिबार चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरू लघुवित्तमा सहभागी रहेको उल्लेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए । अहिले केही प्रवृत्तिहरूले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ…