अर्थतन्त्र सुधारोन्मुख तर सरकारको आम्दानीभन्दा खर्च बढी-राष्ट्र बैंकको प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था नामक मासिक प्रतिवेदनले अर्थतन्त्रका केही सूचकहरुमा सुधार देखिएको प्रतिबिम्बित गरेका छन् । विदेशी मुद्रा संचिति बढ्यो आयातमा गरिएको कडाइले एक महिनाको अवधिमा विदेशी विनिमय संचिति १९ करोड डलरले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म ९ अर्ब ६३ करोड डलर रहेको…