यसरी बन्दैछ चक्रपथको दोस्रो खण्ड, मुख्य सडककाे बीचमा डिभाइडर, सडकमा पानी नजम्ने

काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडक खण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ विस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अन्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किसिमको हुने सडक विभागको भनाइ छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाका…