सूर्य विनायक–धुलिखेल सडक : पुरातात्त्विक वस्तु नष्ट नगर्न परिपत्र

काभ्रे । पुरातत्त्व विभागले सूर्य विनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकलाई परिपत्र गरेको छ । विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो…