काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टंक दुलालले महासंघका वर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइरालाले अध्यक्षका लागि उम्मेदवारी दिएको जानकारी दिए। उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म तोकिएको थियाे। मतदान भने आइतबार हुनेछ। महासंघको पूर्ण समितिमा ५९…