काठमाडौं । निर्माण व्यवसायी संघ मोरङको कार्यसमिति निर्विरोध चयन भएको छ । सोमबार सम्पन्न अधिवेशनले महेशकुमार मिश्रको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा ध्रुवराज कार्की, द्वितीय उपाध्यक्षमा रमेश कोइराला चयन भएका छन् । यसैगरी महासचिवमा उत्तमराज जोशी, सचिवमा राधेश्याम कट्टेल, कोषाध्यक्षमा दाताराम पौडेल, सहकोषाध्यक्षमा संजयकुमार यादव निर्विरोध भए । यस्तै सदस्यहरुमा…