बाउन्ना र बलान खोला पुलको उद्घाटन (फोटोफिचर)

गाईघाट । उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा नवनिर्मित बाउन्ना र बलान खोला पुलको उद्घाटन भएको छ । प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले शनिबार पुलको उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री चापागाईंले कोल्टे–मैनाटार–बाघखोर सडकको समेत निरीक्षण गरेका छन् । उद्घाटन कार्यक्रममा संविधानसभाका पूर्व सदस्य मोहनबहादुर खत्री, प्रदेश–१ उपसभामुख…