खोटाङ। खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ । निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर काठ्माण्डौंका प्रतिनिधिले भवनको ‘नक्कली’ ल्याव रिपोर्ट बनाएको विषय बाहिरिएपछि प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको हो । गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले २०७८ असारमा ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ औंल्याए…